अर्घाखाँचीमा २० रुपैयाँको झगडाले वृद्धाको हत्या

अर्घाखाँचीमा २० रुपैयाँको झगडाले वृद्धाको हत्या
वृद्धाको हत्या गर्ने २० वर्षीय गोपाल नेपाली र हत्या गरी फरार भएका केशलाल घर्तीलाई पक्राउ गरी सार्वजनिक गर्दै प्रहरी।

अर्घाखाँची : अर्घाखाँचीमा २० रुपैयाँको झगडाले वृद्धाको ज्यान गएको छ। मालारानी गाउँपालिका-९ गोखुङ्गा पात्लेमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेका अनुसन्धानबाट रहस्य खुलेको हो।

मालारानी स्थायी ठेगाना भइ भुमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए।

गत कार्तिक १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्र रुप लिंदै जाँदा झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछि मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्विकार गरेका छन्। 

हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए। २० रुपैयाँको झगडाले उग्र रुप लिंदै जाँदा महिलाको ज्यान गएको खुलेको हो।

नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।  जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नेपालीलाई सार्वजनिक पनि गरेको छ।

२० वर्षपछि महिलाका हत्यारा पक्राउ

अर्घाखाँचीको जलुकेमा २० वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

२०६० साल फागुन १३ गते साविक जलुके गाविस ६ हाल शितगंगा नगरपालिका ८ चरिंगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गामका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतित सिंह राठोरले बताए। 

रोल्पाको सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा लुकिछिपी बसेको भन्न्ने प्रहरीको गोप्य सुचनाबाट थाहा भएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए। 
मृतक घर्तीलाई एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा डरत्रास देखाएर पैसा माग्दा नदिएपछि हत्या गरेका थिए। अर्घाखाँची जिल्ला अदालतबाट मयाद थप गरी  अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.