फूलैफूलको झिलिमिली (फोटो फिचर)
काठमाडौं : तिहारलाई फूलैफूलको पर्व भनिन्छ। तिहारमा फूलको प्रयोग र माग अत्याधिक हुने गर्छ । विशेषगरी तिहारको लागि सयपत्री, मखमली, गोदावरी जस्ता फूलको माग बढी हुन्छ । तिहारका लागि भनेर घरघरमा पनि फूल फूलाइन्छ भने बेचबिखनका लागि पनि किसानहरूले सयपत्री, मखमली, गोदावरी फूल लगाउने गर्छन् ।
ढकमक्क फुलेको सयपत्री र मखमली हेर्दा छुट्टै आनन्द हुन्छ। यसले घर अफिस स बैतिर सुन्दरता थप्छ। तिहारमा घर सजाउनका लागि तथा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल सबैका लागि मन पर्छ। काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ।
तिहारको रौननसँगै राजधानीका विभिन्न स्थानमा फूल विक्रिका लागि राखिएको छन्। विभिन्न स्थानमा सयपत्री, मखमली फूल किनबेच गरेका केही दृश्यहरू।