लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट सल्केको आगोले घर जलेर नष्ट, ३० लाखको क्षति

लक्ष्मीपूजामा बालेको मैनबत्तीबाट सल्केको आगोले घर जलेर नष्ट, ३० लाखको क्षति
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

 बैतडी : बैतडीमा लक्ष्मीपूजाका दिन बालिएको मैनबत्तीबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । पुर्चौडी नगरपालिका–१ डाडाँकोटका जयानन्द जोशीको घरमा आइतबार राती साढे ९ बजेको समयमा मैनबत्तीबाट सल्किएको आगो विद्युतको तारसम्म पुगेको र विद्युतको तार सट भइ घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी खेमविक्रम केसीले जानकारी दिए । 

घरमा रहेका दुईवटा ग्यास सिलिन्डर पड्किएपछि घरमा थप क्षति पुगेको उनले बताए । स्थानीय र प्रहरीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।  जोशीको घर पूर्णरुपमा जलेको र सबै सरसमान जलेर नष्ट भएको छ । 

उक्त घरमा डेरा गरी बस्ने कर्मचारीको एकथान ल्यापटप समेत आगलागीमा परेर नष्ट भएको छ । यसैगरी आगलागीबाट दुई तोला सुन र ५० तोला चाँदी पनि नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.