छठमा किसानलाई उखु पेलेर सख्खर बेच्ने चटारो

छठमा किसानलाई उखु पेलेर सख्खर बेच्ने चटारो

जनकपुरधाम : समयमै उखुको भुक्तानी र चलानी पुर्जी नपाउँदा महोत्तरीका किसानहरू यतिखेर उखु पेलेर सख्खर बनाउन लागि परेका छन्। 

छठ पर्वको बेला मिठा (सख्खर)बाट बनाइएको परिकार मात्र प्रसादका रूपमा चढाइने भएकाले माग बढेपछि उखु किसानहरू सख्खर बनाउन लागि परेका हुन्। छठ पर्वको एक महिना अघिदेखि बजारमा मिठ्ठाको माग र भाउ बढेसँगै उखु उत्पादक किसानलाई सख्खर बनाएर बेच्ने चटारो लागेको छ।

छठको आवगमनसँगै उखुबाट सख्खर बनाई बिक्री गर्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय जातको उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्न समेत मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका-४ सुर्ति विकास चोकका मिठा उत्पादक उपेन्द्र साह बताउँछन्। उनले भने, ‘छठमा घर–घरमा मिठा (सख्खर)को आवश्यकता पर्छ। त्यसैले वर्षकै सबैभन्दा उच्च माग र भाउ पनि यही बेला हुन्छ, त्यसैले पछिल्लो वर्षहरूमा किसानहरू मिठ्ठा बनाउने आकर्षित हुँदैछ।’   

छठमा सख्खरको खिर, ठेकुवा, भुसुवा, लगायतका सामग्रीहरू उखुको सख्खरबाटै बनाउने गरिएका कारण स्वभाविक रूपमै माग बढ्ने गरेको गौशाला नगरपालिका-११ कालिपुरका किसान लक्ष्मी महतो बताउँछन्। उनले भने, ‘कात्तिक मंसिरमा उखु काटेर थप एउटा बाली उब्जाउने र मिठाले समेत राम्रो मुल्य नगदे आम्दानी हुने भएपछि उत्पादन गरी बिक्री गर्न उखु किसानलाई भ्याई नभ्याई हुन्छ। उखु उत्पादन गरेर काट्ने बेलामा चिनि मिलले न उखु काट्ने पुर्जी दिन्छ, न त समयमै उखुको भुक्तानी दिन्छ, त्यही भएर अहिले  उखु पेलेर सख्खर बनाएर बेच्न थालेको छु।’ 

महोत्तरीको गौशाला, बर्दिबास, भङ्गाहा, औरही, सोनमा सहितका क्षेत्रमा अहिले घर–घरै तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन्। अन्य दिनमा पनि मिठाको माग हुन्छ, तर छठमा मिठ्ठाको माग झण्डै ९० प्रतिशतले बढछ, त्यसैले आफ्नो प्रायेजनको लागि र तत्काल बिक्री गरी सुलभ रुपमा नगद बिक्री हुँदा उखु पेल्न थालिएको हो। गौशाला नगरपालिका ४ का किसान देवनारायण साहले भने, ‘चिनी मिलको ठेगान हुँदैन, समयमा भुक्तानी दिँदैन, त्यसैले अन्य भौतारिनुभन्दा त नगदी र सरल सुलभताका लागि उखु धमाधम उखु पेल्दैछौं।’

महोत्तरीको सबैभन्दा बढी उखु उत्पादन हुने गौशालामा समेत उखु धमाधमले पेल्ने कार्य जारी छ। छठको मुखमै पर्वअघि मिठ्ठा बजारसम्म पुर्‍याउन सकिए अपेक्षित मूल्य पाइने किसान राजकिशोर महतो बताउँछन्। छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने चटारो भएको महतोको भनाइ छ।

अहिले १ क्विन्टल सख्खर बनाउन झण्डै ८ देखि १० क्विन्टल उखु चाहिन्छ। यसरी उखुको जात अनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सख्खर कारिगर मो. जुमराती अन्सारी बताउँछन्। उनले भने, ‘९ क्विन्टल छिप्पिएको उखुमा एक क्विन्टल मिठा (सख्खर) तयार हुन्छ, तर अहिले उखु कलिलो भएर झण्डै १० क्विन्टलमा १ क्विन्टल मिठा तयार हुन्छ।’ 

सामान्य रुपमा झण्डै ६० रुपैयाँको हाराहारीमा खुद्रा विक्रि हुने सख्खर अहिले छठमा झण्डै १०० देखि १ सय २५ रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको महोत्तरी गौशाला-११ कालिपुरका व्यापारी अजय कुमार महतोले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.