नुवाकोटमा पनि छठ मनाइयो (फोटोफिचर)
नुवाकोट : तराईमा मात्र मनाइँदै आएको छठ पर्व केही वर्षदेखि नुवाकोटमा पनि मनाउन थालिएको छ। छठ पर्व एक दशकदेखि नुवाकोटका विभिन्न नदी किनारामा तराई समुदायका व्यक्तिहरूले मनाउँदै आएका छन्।
२०६५ सालअघि तराईको विभिन्न क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। तराई मुलका नागरिकहरूले आइतबार त्रिशूली बजारमा रहेको राममन्दिर नजिकै त्रिशूली नदीको किनारामा लहरै जम्मा भई छैंठी माताको पूजाआजा गर्दै छठ मनाइएको राम मन्दिरस्थित त्रिशूली नदी किनारामा छठ पूजामा सहभागी अशोककुमार कलवारले बताए।
त्रिशूली नदी किनाराको त्रिशूली, देवीघाट, बेत्रावती तथा तादीको ढिकुरेमासमेत छठ पर्व मनाइएको छ। सामूहिक रूपमा तराईवासी मिलेर त्रिशूलीको रामघाटमा छठपूजा गरिएको विदुर नगरपालिका-१ ढुंगेबजारमा बसोबास गर्दै आएका लालबाबु कलवारले जानकारी दिए।













प्रतिक्रिया दिनुहोस !