ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बुटवल : सडक दुर्घटनामा परी बुटवलमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार तिलोत्तमाको ड्राइभर टोलमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिकास्थित शंकरनगरका माधव देवकोटा र सोही ठाउँकी ४० वर्षीय यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पछाडिबाट आएको ना ६ ख ८१६१ नम्बरको ट्रकले लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयबासीले बताए। मृत्यु भएका दुवै जना तिलोत्तमा उद्योग वाणिज्य संघलले मणिग्राममा आयोजना गरेको महोत्सव हेर्नका लागि जाँदै थिए। मृतक देवकोटा तिलोत्तमा सहकारीका अध्यक्ष समेत हुन्।
प्रतिक्रिया दिनुहोस !
