दुई महिनामा १४ फरार अभियुक्त पक्राउ
नुवाकोट : दुई महिनामा १४ फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त पक्राउ अभियानअन्तर्गत गत असोजदेखि दुई महिनाको अवधि हालसम्म विभिन्न अपराधमा संलग्न १४ जना फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पक्राउ परेकालाई सजायका लागि जिल्ला अदालत तथा कारागार पठाइएको प्रहरी उपरीक्षक संजयसिंह थापाको भनाइ छ।
फरार भएकाहरूबाट २३ वर्ष, ८ महिना, १ दिन कैद सजाय र सात लाख ३२ हजार ६ सय ७५ रुपैयाँ जरिवानासमेत असुल उपर भएको छ।