भ्रष्टाचार, महंगी र राज्यको अराजकताविरुद्ध तीनकुनेमा प्रदर्शन (तस्बिर)
काठमाडौं : राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले तीनकुनेमा गरेको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ गरेको छ। भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध काठमाडौंमा राष्ट्रिय युवा सघं नेपाल र अनेरास्ववियुले जनप्रदर्शन गरेको हो।

अहिले तीनकुनेमा उपत्यकाभरीबाट भेला भई शान्तिपूर्ण र्यालीमा सहभागी हुने क्रम जारी रहेको छ। प्रदर्शनलाई सम्बोधन गर्दै एमाले युवा नेता महेश बस्नेतले महंगी, भ्रष्टाचार,अनियमितता विरुद्ध लगाएको कार्यक्रम भएको बताए।


आफूहरुको कार्यक्रमलाई कसैले गलत ढंगले प्रयास गर्दैमा दिगभ्रमित हुन नपर्ने उनको भनाई छ। बस्नेतले सरकारको विरुद्ध आन्दोलन निषेधाज्ञासम्म नपुगोस भनेर आग्रह गरे। प्रचण्ड सरकारको आयु छोटो रहेकाले उखरमाउलो भएको उनले टिप्पणी गरे।
गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरु तयार रहेको युवा संघले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा गणतन्त्रविरुद्ध प्रहार हुन थालेको भन्दै गणतन्त्र पक्षधर शक्ति एकजुट हुन आग्रह गर्दै आएका छन्।
मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवा संघको दाबी छ। प्रधानमन्त्रीले मुलुकमा सरकार भएको अनुभूति दिलाउने हो भने विरोधका स्वर आफैँ बिलाएर जाने युवा संघको दाबी छ। मुलुकमा बढ्दै गएको अराजकता र सरकारको निरीहताले देश नै असफलउन्मुख हुने अवस्थामा पुगेपछि युवा–विद्यार्थी आफ्नो दायित्व पूरा गर्दै उत्रिएको जनाएका छन्।
तस्बिर : सुनिता डंगोल/ अभिषेक महर्जन













प्रतिक्रिया दिनुहोस !