चौतारा नगरपालिकाद्वारा प्रधानमन्त्रीलाई १७ लाखको चेक हस्तान्तरण

चौतारा नगरपालिकाद्वारा प्रधानमन्त्रीलाई १७ लाखको चेक हस्तान्तरण

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूलाई १७ लाख आर्थिक सहयोग गरेको छ।

गत बिहीबार बसेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार आज चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई हस्तान्तरण गरेका हुन्। 

केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्ने गरी नगरपालिकाले १७ लाख रकम दिने कार्यपालिकाको निर्णय अनुसार नै उक्त रकम हस्तान्तरण गरिएको नगरप्रमुख सापकोटाले बताए।

नगरप्रमुख सापकोटा, उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी सहितको टोलीले प्रधानमन्त्री दाहालको निवास बालुवाटारमा पुगि १७ लाखको चेक हस्तान्तरण गरेका थिए। 

नगरपालिकाले भूकम्पका कारण घरवारविहीन बनेका नागरिकलाई सहयोग गर्नु मानवीय धर्म र कर्तव्य रहेको नगरप्रमुख सापकोटाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.