दुर्घटनामा परी बुटवलमा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

दुर्घटनामा परी बुटवलमा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
दुर्घटनास्थल बुटवल ११ नहरपुर। तस्विर : गंगा खड्का।
सुन्नुहोस्

बुटवल : सडक दुर्घटनामा परी बुटवलमा शुक्रबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-११ स्थित पश्चिम नहरपुर क्षेत्रको बेलवास बेथरी सडकमा मोटरसाइकल र बोलेरो भ्यान ठोक्किंदा मालारानी गाउँपालिका ३ अर्घाखाँची निवासी ४५ वर्षीय शालिकराम खनालको निधन भएको प्रहरीले जनाएको छ।

लु १ च ७०२४ नम्वरको बोलेरो भ्यान र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किंदा बुटवल ११ देविनगर बस्ने झिमरुक गाउँपालिका प्यूठान बाँदीकोटका २४ वर्षीय शेखर पोख्रेल गम्भीर घाइते भएका वडा प्रहरी कार्यालय रामनगरका वरिष्ठ प्रहरी नायव निरीक्षक खिम जिसीले जानकारी दिए। 

घाइते खनालको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.