भन्सार छलीका अवैध कपडा बरामद
बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटेको प्रहरी टोलीले भन्सार छलेर ल्याइएका अवैध कपडा बरामद गरेको छ।
शुक्रबार रुपन्देहीस्थित रोहीणी गाउँपालिका-७ अमुवामा भारतबाट नेपालतर्फ ल्याइएको ३ सय ४० थान कुर्था सुरुवाल प्रहरीले बरामद गरेको हो।
बरामद गरिएका उक्त कपडाको नेपाली बजार मूल्य ४ लाख ८ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक किशोर केसीले जानकारी दिए।
आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !