ब्राउन सुगरसहित बुटवलमा दुई युवा पक्राउ
बुटवल : बुटवलमा ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्। बुटवल-३ का २४ वर्षीय सोमबहादुर सुनार र बुटवल-११ का १९ वर्षीय भोले चौहानलाई वडा प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरू बुटवल उपमहानगरपालिका-११ देविनगरबाट पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शुक्रबार लागूऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका युवाहरूको साथबाट ३ ग्राम ६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !