फेरि भेटियो पेस्तोल र गोली

फेरि भेटियो पेस्तोल र गोली
सुन्नुहोस्

राजविराज : भारतसँग जोडिएको सप्तरीको पश्चिम नाका वलान विहुलबाट आइतबार राति एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको छ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बेल्हीले बलान बिहुल गाउँपालिका-४ वेल्हीस्थित सीमावर्ती क्षेत्रबाट मध्यराति पेस्तोल र गोली बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित दुई जनाले कपडाको पोका फालेर भारततर्फ भागेका थिए। कपडाको पोका खोली परीक्षण गर्दा एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल गण नम्बर-६ ले जनाएको छ।

सशस्त्र प्रहरीले आवश्यक कारबाहीको लागि बरामद पेस्तोल र गोली जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिए।

यसअघि कात्तिक २१ गते हुलाकी सडकअन्तर्गत सप्तरीको खड्ग नगरपालिका-११ बाट पाँच राउन्ड राइफलको गोलीसहित दुई युवक पक्राउ परेका थिए। सिरहाको लक्ष्मीपुर पतारी-२ का १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरीको खडग नगरपालिका-११ का १८ वर्षीय हरिशंकरकुमार यादवलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.