विपद्‍मा सहयोग

भूकम्प प्रभावित क्षेत्रमा एमाले : ५ सय भग्नावशेष हटायो, ५ सय टहरा बनायो

भूकम्प प्रभावित क्षेत्रमा एमाले : ५ सय भग्नावशेष हटायो, ५ सय टहरा बनायो
एमाले स्वयंसेवकहरू अस्थायी टहरा बनाउँदै। तस्बिर : राजेन्द्र कार्की

जाजरकोट : कांग्रेसका पूर्वसांसद दीपकजंग शाहको भूकम्पले भत्किएको घरको भग्नावशेष पन्छाइदिए–एमाले स्वयंसेवकले। जाजरकोट सदरमुकाम खलंगास्थित शाहको घरको भग्नावशेष हटाउन एमालेका ५० जना स्वयंसेवक खटेका थिए। दुःखको बेला आफूलाई सहयोग गरेकोमा पूर्वसांसद शाहले एमाले स्वयंसेवकलाई धन्यवाद दिए। ‘यो बेला फरक पार्टीका कार्यकर्ताहरूले बिनापूर्वाग्रह सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु,’ शाहले भने। 

null

भेरी–१ रावतगाँउकी ३५ वर्षीया उर्मिला रावतलाई एमाले स्वयंसेवक टोलीले अस्थायी बासस्थान बनाइदियो। भूकम्पमा दुई छोरा गुमाएकी रावतको भत्किएको घरका भग्नावशेष हटाएर एमालेले अस्थायी बासस्थान बनाइदिएको हो। अब केही दिनमै उनी त्रिपालबाट अस्थायी टहरामा सर्नेछिन्।

‘भूकम्पले दुई छोरा लग्यो। घर भत्कियो। घरभित्रको समान निकाल्न सकेका थिएनौं,’ उनले भनिन्, ‘उहाँहरू (एमाले स्वयंसेवक) ले भग्नावशेष पन्छाएर सामान निकाली दिनुभयो। अस्थायी टहरा बनाइदिनु भएको छ। म र छोरी बाँचेका छौं। त्रिपालको बसाईले निकै समस्या भएको बेला उहाँहरूले गरेको यो गुण कहिल्यै बिर्सने छैन।’ 

null

एमाले केन्द्रीय सदस्य एवं पार्टीको विपद् व्यवस्थापन समितिका संयोजक किरण पौडेलको नेतृत्वको स्वयंसेवक टोली जाजरकोट र रुकुममा एकसाथ भूकम्प प्रभावित क्षेत्रमा खटिरहेको छ। एमाले जाजरकोटका अनुसार करिब ५ सय भूकम्पपीडित परिवारका घरका भग्नावशेष पन्छाउने काम सम्पन्न भएको छ।

करिब पाँच सय अस्थायी टहरा पनि एमालेले बनाइसकेको छ। एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाएको छ। एक हजार घरका भग्नावशेष पन्छाउने र एक हजार टहरा बनाउने उद्देश्यल मंसिर १ गतेदेखि एमाले स्वयंसेवी रातदिन कामका खटेका छन्।

एमालेको केन्द्रीय समितिको निर्देशनअनुसार जाजरकोट र रुकुमपश्चिममा परिचालन भएका स्वयंसेवकले पीडितलाई भग्नावशेष पन्छाउने र अस्थायी टहरा निर्माणमा सघाइरहेका छन्। पीडितहरू उनीहरूको कामबाट प्रभावित भएका छन्। सरकारले गर्न नसकेको बेला एमालेका स्वयंसेवकले पीडितका लागि गरेको सहयोग उदाहरणीय बनेको पीडितहरूको भनाइ छ। 

null

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुगेको जाजरकोट र रुकुमपश्चिमका भग्नावशेष पन्छाउने र अस्थायी आवासका एमालेले एक हजार स्वयंसेवक खटाएको हो। ४० टोली बनाएर एमालेले गत मंसिर ३ गतेदेखि निरन्तर काम गरिरहेको छ। एउटा टोलीमा एक जना कमान्डरसहित २५ जना स्वयंसेवकले काम गरिरहेको संयोजक पौडेलले जानकारी दिए।

null

७५ जना जति स्वयंसेवक अन्य व्यवस्थापनका काममा खटिएका छन्। जाजरकोटमा २५ वटा र रुकुमपश्चिमा १५ वटा टोली परिचालन गरिएको पौडेलले बताए। ‘थोरै भए पनि पीडितको पीडामा मलम लगाउन देशभरबाट स्वयंसेवकहरू आएका छौं’, उनले भने, ‘कम्तीमा एक जना स्वयंसेवकले १५ दिन काम गर्ने गरी व्यवस्थापन गरिरहेका छौं।’

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वको टोलीले मंसिर १ गतेदेखि नै प्रभावित क्षेत्रमा काम गरिरहेको छ। स्वयंसेवकहरूले खाना र नास्ताको खर्च आफैंले बेहोरिरहेका छन्। मेस टिम अलगै रहेको एमाले केन्द्रीय सदस्य तथा भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। ‘सेना र प्रहरीले जोखिम मोल्न नचाहेका कतिपय भग्नावशेषसमेत हाम्रा साथीहरूले जोखिम मोलेर निकाल्नु भएको छ,’ घर्तीले भने ।

‘स्वयंसेवामा खटिएकालाई मंसिर १९ गते भेरी– १ रिम्नामा हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य पौडेलले बताए। ‘हामी अरू पार्टी जस्तो प्रचारमा लाग्दैनौ,’ पौडेलले भने, ‘लक्ष्यअनुसार धेरै काम गरिसकेका छौं,’ १८ गतेसम्म १ हजार टहरा बनाएर हस्तान्तरण गर्छौं। र, त्यति नै संख्यामा भत्किएका भग्नावशेष पन्छाउने काम पनि गर्छौं।’nullnull

null

null

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.