अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकप : इटहरी र सिक्किम फाइनलमा

अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकप : इटहरी र सिक्किम फाइनलमा
सुन्नुहोस्

धनकुटा : हाम्रो इटहरी भेट्रान फुटबल क्लब राजारानीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। राजारानी खेलमैदानमा बुधबार सम्पन्न पहिलो खेलमा झापाको दुधे भेट्रान फुटबल क्लबलाई ०-३ गोल अन्तरले पराजित गर्दै इटहरी भेट्रान फाइनलमा प्रवेश गरेको हो। 

इटहरीको जितमा सन्तोष राईले दुई तथा दिपेन राईले एक गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच दुई गोल गर्ने खेलाडी सन्तोष राई घोषित भएका थिए। उनले नगद ५ हजारसहित मेडल प्राप्त गरे। 

त्यस्तैआजै सम्पन्न दोस्रो खेलमा बरमियोक नामफिङ भेट्रान क्लब सिक्किमले विराट मेघा भेट्रान क्लब विराटनगरलाई ०-२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। सिक्किमको जितमा भूपेन्द्र खेवा र दावा भुटियाले एक/एक गोल गरेका थिए। उक्त खेलको म्यान अफ द म्याच माइकल घोषित भए। उनले पनि नगद ५ हजारसहित मेडल प्राप्त गरे। 

 
सिक्किमले उपाधिका लागि इटहरीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टिम बीचको फाइनल खेल बिहीबार हुनेछ। रारा भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी तथा उपविजेता हुने टिमले नगद ५० हजार र ट्रफी हात पार्ने आयोजकको भनाइ छ। गत मंसिर ११ गतेदेखि सुरु प्रतियोगितामा भारतका एक र नेपालका ७ गरी ८ टिमको सहभागिता रहेको छ। 

प्रतियोगिताको संरक्षक चौविसे गाउँपालिका रहेको छ। प्रतियोगितामा स्वर्गीय ज्ञानबहादुर तथा वुद्धिमाया लिम्बूको स्मृतिमा उनका परिवारले समेत आर्थिक सहयोग गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.