इटहरीलाई अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि

इटहरीलाई अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि
सुन्नुहोस्

धनकुटा : हाम्रो इटहरी भेट्रान फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको उपाधि जितेको छ। 

राजारानी खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा सिक्किमको बरमियोक नामफिङ भेट्रान क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै इटहरीले उपाधि जितेको हो। 

इटहरीको जितमा एक मात्र निर्णायक गोल दिपेन राईले गरेका थिए। उनले खेलको ११ औं मिनेटमा गरेको गोल नै इहटरीका लागि निर्णायक सावित भइदियो। 

इटहरीले उपाधिसँगै १ लाख १ सय १ सय ११ रुपैयाँ र ट्रफी हात पार्यो भने उपविजेता सिक्किमले ५१ हजार १ सय ११ रुपैयाँ र ट्रफीमा चित्त बुझायो। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इटहरीका अंकुर कुमार खड्गी, सर्वाधिक गोलकर्ता इटहरीका दिपेन राई र सन्तोष राई घोषित भए। उनीहरूले प्रतियोगिताभर ३/३ गोल गरेका थिए। 

उत्कृष्ट गोलकिपर इटहरीका तुल्सी श्रेष्ठ घोषित भए। विधागत रूपमा उत्कृष्ट प्रत्येक खेलाडीले नगद सात हजारसहित ट्रफी प्राप्त गरेका थिए। 

त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच सिक्किमका सहिन्सा अंसारी घोषित हुँदै नगद ५ हजारसहित ट्रफी प्राप्त गरे। खेलाडीहरू समापन कार्यक्रमका प्रमुख अतिथि चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए। 

रारा भेट्रान क्लबको आयोजनामा मंसिर ११ गतेदेखि सुरु प्रतियोगितामा भारतको एक र नेपालका ७ गरी ८ टिमको सहभागिता रहेको छ। 

प्रतियोगिताको संरक्षक चौविसे गाउँपालिका रहेको छ। प्रतियोगितामा स्वर्गीय ज्ञानवहादुर तथा वुद्धिमाया लिम्बूको स्मृतिमा उनका परिवारले समेत आर्थिक सहयोग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.