सरकारले अस्थिरता फैलायो : केपी ओली

सरकारले अस्थिरता फैलायो : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका छन्।

महाकाली-मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको विकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताए।

गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थिरता र अराजकता फैलिएको र ओरालो लागेको उनले बताए। उनले सरकारको ध्यान देश विकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रित रहेको आरोप लगाए।

ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली-मेची अभियान गरिएको जिकिर गरे। उनले एमालेका हरेक नेता तथा कार्यकर्ताहरु आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.