नवराज विक हत्यामा संलग्न २४ जनालाई जन्मकैद, प्रेमिका र आमालाई जातीय विभेद्‍मा सजाय

नवराज विक हत्यामा संलग्न २४ जनालाई जन्मकैद, प्रेमिका र आमालाई जातीय विभेद्‍मा सजाय

जाजरकोट : अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जना युवाहरूको ज्यान जानेगरी तीन वर्षअघि भएको घटनामा २४ जनालाई जन्मकैदको फैसला भएको छ। 

रुकुम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। 

त्यस्तै ज्यान मुद्दामा प्रतिवादी बनाइएकी मृतक नवराज विककी प्रेमिका भनिएकी युवती, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल र ५० हजार रुपैयाँ जरिवानाको तोकिएको छ। 

त्यस्तै प्रतिवादी सबैले जनही ४० हजार रुपैयाँ जरिवाना गरेर उक्त रकम पीडित परिवारलाई दिने फैसला गरिएको छ। घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन्। यसअघि सर्वोच्च अदालतले ८ जनालाई थुनामुक्त गर्ने आदेश दिएको थियो।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो। प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो। ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो। 

२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो। मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो। बादीका तर्फबाट सरकारी वकिलसहित १६ र ५ जना प्रतिवादीका तर्फबाट बहस गरेका थिए।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनार सोती गाँउ नजिकै तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए। जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो। प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विकसहित उनका साथीहरू सञ्जु विक, लोकेन्द्र सुनार,गोविन्द शाही, गणेश बुढा मगर र टीकाराम नेपालीको ज्यान गएको थियो। ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो। 
  
पेशी सुनुवाई तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरू र केही दलित अधिकारकर्मीहरू रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिइरहेका छन्। न्यायको माग गर्दै नाराजुलुससहित उनीहरूले धर्ना दिएका हुन्। नवराजका बुबा मुनलाल नेपालीले छोरो मरे पनि न्याय नमरोस भनेर न्यायको भीख माग्न तीन दिन देखि अदालतको गेटमा धर्ना बसेको बताए। 

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.