देश अफ्ठ्यारो अवस्थामामा छ : ओली
गुल्मी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्। बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै गुल्मीको वामीटक्सार आइपुगेका ओलीले बृहत् जनसभा कार्यक्रमको सम्बोधन गर्दै वर्तमान सरकारका कारण देशमा रोजगारीका अवसर गुमेको र अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको बताए।
भूकम्प प्रभावित क्षेत्र रूकुम पश्चिममा एमालेका भोलियन्टेरले ८१३ वटा अस्थायी घर निमार्ण गरेर पीडितहरूलाई हस्तान्तरण गरेको उनले बताए। तर सरकारले पर्याप्त काम नगरेको उनको भनाइ छ।
अध्यक्ष ओलीले देश चलाउन एमाले पार्टीबाहेक अरुको विकल्प नरहेको बताए। उनले देशको विकास र जनताको पक्षमा काम गर्न एमालेलाई बहुमतले जिताउनुपर्ने बताए। मिसन ८४ लाई सफल पार्न एमाले जनताको सुझाव संकलन गर्दै जनताको घरदैलोमा पुगेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !