तरकारी खेती गर्न महिलालाई फरुवा
गुलरिया : गुलरिया नगरपालिका-७ की जौरा धोवी सहकारीले महिलाहरूलाई तरकारी खेती गर्न फरुवा र क्यारेट सहयोग गरेपछि खुशी छिन्।
विपन्न तथा पिछडिएका मधेसी समुदायका महिलाहरू सहकारीबाट पाएको फरुवाले करेसाबारीमा तरकारी उत्पादन गरी क्यारेटमार्फत बजारसम्म पुर्याउन सक्षम हुने उनले बताइन्।
सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले गुलरिया गाउँका गृहिणीको जीविकोपार्जनमा टेवा पुग्ने धोवीको भनाइ छ। सहकारीले २२औं स्थापना दिवसका अवसरमा १४ जना गृहिणी फरुवा र क्यारेट १/१ वटा उपलब्ध गराएको सहकारीकी अध्यक्ष इन्दिरा सुवेदीले बताइन्।
प्रतिक्रिया दिनुहोस !
३