सिन्धुपाल्चोकमा ओलीलाई माओवादी नेताले गरे स्वागत, एमालेबाहेक वैकल्पिक शक्ति नभएको ओलीको दाबी

सिन्धुपाल्चोकमा ओलीलाई माओवादी नेताले गरे स्वागत, एमालेबाहेक वैकल्पिक शक्ति नभएको ओलीको दाबी
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा एमालेबाहेक वैकल्पिक शक्ति नरहेको बताएका छन्।

नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्ल्प यात्रा अभियानको क्रममा सोमबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ स्थित खाडीचौर आइपुगेका ओलीले एमालेबाहेक बैकल्पिक शक्ति नरहेको भन्दै एमालेको एकल बहुमतको सरकार नभई देशको स्थायी विकास नहुने जिकिर गरे। 

‘नेकपा एमालेको एकल बहुमतको सरकार नभईकन यो देशलाई स्थाई रुपमा दिगो ढंगले रक्ष गर्न र अगाडि बढाउन सकिँदैन। समृद्ध बनाउन सकिँदैन भन्ने स्पष्ट भएको छ,’ उनले भने।

 
आन्तरिक र बाह्य विभिन्न शक्तिहरु मिलेर एमालेलाई कमजोर बनाउन खोजेपनि नसकेको भन्दै एमाले झन लोकप्रिय बनेको बताए। ‘एमालेलाई आन्तरिक र बाह्य विभिन्न शक्तिहरू मिलेर सरकारबाट हटाए, पार्टी फुटाए। कमजोर पार्ने मात्र होइन धुलो चटाउँछौं भने,' उनले भने, 'तर त्यो तिनको सपना थियो। नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय पार्टी बनेको छ।'

सिन्धुपाल्चोकमा विभिन्न विपद्को समयमा पार्टीको तर्फबाट युवाहरुले हजारौं अस्थायी घरहरू निर्माण गरेर पीडितहरूलाई हस्तान्तरण गरेको उनले सुनाए। ०७८ मेलम्ची बाढीपीडितको सहज जीवनको लागि सिन्धुपाल्चोकलाई विपदग्रस्त जिल्ला घोषणा गरेर बाढी रोकथाम गर्न पहलकदमी गरिएको ओलीले जनाए। मेलम्चीको पानी काठमाडौंमा लैजान एमाले सरकारले मात्रै सकेको उनले दाबी गरे।

null

२०४० सालको पिस्कर हत्याकाण्ड सम्झँदै ओलीले सिन्धुपाल्चोक संघर्ष र सहिदको भूमी भएको बताए। ‘त्यतिखेर पिस्करमा नाचिरहेको बेला गोली हानेर निर्दोष जनतालाई क्रुरतापूर्वक हत्या गरियो, घाइते बनाइयो,' उनले भने,  'पिस्करबासीको संघर्षलाई आत्मसाथ गर्दै देशलाई समृद्धतिर लैजानुपर्छ।’ पिस्कर विद्रोहमा स्थानीय इले थामी र बिरबहादुर थामीले सहादत प्राप्त गरेको स्मरण गर्दै उनले एमालेले शहिदले देखेको सपना पूरा गर्ने बताए।

नेकपा एमाले विकासको पर्याय भएको भन्दै खाडीचौर बजारको बीचमा वर्षौदेखि अलपत्र परेको मोटरबेल पुल एमाले सरकारमा पुगेपछि मात्रै बन्ने बताए। 'यहाँका मन्त्री-सांसदहरू सक्नुहुन्छ भने यो अगाडिको अलपत्र पुल बनाएर देखाउनुस्,' उनले भने, 'उहाँहरुले सक्नुहुन्न भन्ने हामीलाई थाहा छ। एमाले सरकार नआएसम्म यो पुल बन्दैन।’ 

अभियान सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्लाको सहइन्चार्जसमेत रहेका पूर्व प्रदेशमन्त्री सरेश नेपालले तातोपानी नाका, मध्य पहाडी लोकमार्ग, गुठी जग्गालगायतको समस्याबारे पार्टी र सरकारको ध्यानार्कषण गराएका थिए। ‘अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने म्याग्नेसाईट उद्योग लामो समयदेखि बन्द हुँदा निराशा र आक्रोस फैलिएको छ,' उनले भने, 'ऊर्जा क्षेत्रको विकासले स्थानीय जनताको उठिबास लागेको छ। कृषि क्षेत्रमा त्यस्तै समस्या छ। यसबारे भन्दै पार्टी र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। 

तातोपानी नाका सञलनमा आए पनि निर्यात हुन नसकेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने जोड दिए। ‘बाटोको अवस्था नाजुक छ, नाकाबाट आयात भए पनि निर्यात हुन सकेको छैन। यसतर्फ पनि ध्यानाकर्षण गराउन चाहान्छु,' उनले भने। अभियानको क्रममा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल अन्य नेता तथा कार्यकर्ता उपस्थित थिए। 

null 

यसैबीच अभियानको क्रममा सिन्धुपाल्चोक आएका ओलीलाई नेकपा (माओवादी केन्द्र)ले स्वागत गरेको थियो। माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सांसद सरल सहयात्री र गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले ओलीसहितको एमाले टोलीलाई स्वागत गरेका थिए। 

पौडेलले ओलीलाई सुकुटेमा खादा लगाएर स्वागत गरेका थिए भने गाउँपालिका अध्यक्ष तामाङले खाडीचौरमा आयोजित आमसभास्थलमा पुगेर स्वागतसहित मायाको चिनो दिएका थिए। यसअघि जाजरकोटमा पूर्वअथर्मन्त्रीसमेत रहेका जनर्दन शर्माले ओलीलाई स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.