आगोले जलेर घाइते भएका सिन्धुलीका बोगटीको मृत्यु
सिन्धुली : गोठमा आगलागी हुँदा जलेर गम्भीर भएका फिक्कल गाउँपालिका- २ डाङ्से सिन्धुलीका रामजीबहादुर बोगटीको मृत्यु भएको छ।
५५ वर्षीय बोगटीको उपचारका क्रममा किर्तीपुर बर्न अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए।
बोगटी काठले बनेको खरको छानो भएको १ तले गोठमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा बाँया हात दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस !