जन्तीलाई विवाहकै गाडीले किच्दा वडा सदस्यको मृत्यु, पाँचजना घाइते
बुटवल : प्यूठानको मल्लरानी गाउँपालिका -३ मा विवाहकै गाडीले जन्तीलाई किच्दा मल्लरानी- ३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको छ । जिल्लाको ऐरावती गाउँपालिकाको बरौलाबाट सदरमुकाम खलंगातर्फ जाँदै गर्दा लु ३ च ६८४७ नम्बरको स्कारिपयोको टायर पन्चर भएर जन्तीलाई नै किचेको थियो ।
घरनजिकै नाँचगान गर्दै दुलही लिन जान तयारीमा रहेको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।