पाँचथर पुगेर स्वास्थ्यमन्त्रीले भने- जिल्लामै नर्सिङ पठनपाठनको व्यवस्था गर्छु

पाँचथर पुगेर स्वास्थ्यमन्त्रीले भने- जिल्लामै नर्सिङ पठनपाठनको व्यवस्था गर्छु
सुन्नुहोस्

फिदिम : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पाँचथरमै नर्सिङ कक्षा सञ्चालनको प्रबन्ध मिलाउने वचन दिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले कार्यकर्ताहरुसँग कुरा गर्दै जिल्लामै नर्सिङ कक्षाको प्रबन्ध मिलाउने वचन दिएका हुन्।

५० शैयाको पाँचथर अस्पताल उद्घाटनका लागि फिदिम आएका बस्नेतले आफू स्वास्थ्य क्षेत्रको विकृति रोक्न लागि परेको बताए । ‘५० शैयाको अस्पतालले नर्सिङ कक्षा सञ्चालन गर्न पाउनुपर्छ,’ बस्नेतले भने ‘त्यसका लागिपरेको छु ।’

उनले तीन सय शैयाभन्दा माथिका अस्पतालले चिकित्सक उत्पादनका लागि एमबीबीएस कक्षा सञ्चालन गर्न  पाउनुपर्ने तर्क गरे ।  नेपाल सरकारले सबै अस्पताललाई ५० शैयाको बनाउने नीतिगत निर्णय गरेको छ । उक्त नीति कार्यान्वयन भएका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्नुपर्ने बस्नेतको डोज थियो ।   

२०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नथपिएकाले मुलुकमा चिकित्सकहरुको अभाव हुन थालेको बताए । दक्ष जनशक्ति उत्पादनका लागि चिकित्सक शिक्षा ऐन संशोधन गर्नुपर्ने बस्नेतको तर्क छ । 

‘एउटा व्यक्तिले थर्काएको भरमा सरकार डराएर नेपालको स्वास्थ्य क्षेत्र डामाडोल भएको छ,’बस्नेतले भने ‘डामाडोल भएको स्वास्थ्य क्षेत्रलाई सुधार्न चिकित्सका शिक्षा ऐनमा सुधार गर्नुपर्छ ।’

बस्नेतले अबको छ महिनाभित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा सुधार हुने बताए । ‘तपाईंहरुले स्वास्थ्य क्षेत्रको प्रगती देखाएर भोट माग्ने अवसर पाउनुहुन्छ,’कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने ‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर जनतालाई निराश बनाउने काम गर्दिन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.