‘नेपाल अध्ययनार्थ पशुपतिनाथ विश्वविद्यालय’

‘नेपाल अध्ययनार्थ पशुपतिनाथ विश्वविद्यालय’
सुन्नुहोस्

काठमाडौं : संस्कृतिविद् डा. जगमान गुरुङले नेपालमुखी अध्ययनलाई मूलविन्दूमा राखेर श्रीपशुपति हिन्दू विश्वविद्यालयको अवधारणा अघि सारिएको बताए। 

श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापनार्थ बिहीबार राजधानीमा आह्वान गरिएको विद्वत गोष्ठीमा तयारी समितिसंयोजक उनले भने, ‘यसले ल्याउने परिवर्तन नमूनायोग्य बन्नेछ। १६ विश्वविद्यालयभन्दा छुट्टै हुनेछ।’

प्राध्यापक डा. प्रेम खत्रीले नेपाल अध्ययनका लागि यो विश्वविद्यालय हुने बताएका छन्। समितिसदस्य उनले भने, ‘यसको सरोकार नेपालका जातिजनजाति, बहुलसंस्कृति, भाषा, कला, पुरातत्व र इतिहासको ज्ञानसित छ।’ 

समितिसदस्य प्राध्यापक चेतोनाथ गौतमले नेपाली माटोसँग सम्बन्धित जनशक्ति तयार पार्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको स्पष्ट पारे। प्रा.डा. विद्यानाथ कोइरालाले पूर्वीय ज्ञानसँग पाश्चात्य ज्ञानलाई समन्वय गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गरे। 

डा. चिन्तामणि योगीले आजसम्म स्थापित १६ विश्वविद्यालयका राम्रा पक्ष समातेर अघि बढ्न आग्रह गर्दै छाता विश्वविद्यालय बन्नुपर्नेमा जोड दिए। प्रा.डा. देवमणि भट्टराईले यो विश्वविद्यालयलाई अन्यजस्तै सरकारी अनुदानमा चल्नेगरीको नबनाउन आग्रह गरे। 

वासुदेवकृष्ण शास्त्रीले विश्वविद्यालयका लागि भूमिदेखि भवनसम्मका सबै पक्षमा मौलिकपन झल्कनुपर्ने र तिनमा विधिविधानले काम गरी अघि बढ्नुपर्नेमा जोड दिए। पुष्पराज पुरुषले विश्वविद्यालयले अब श्रम गरिखाने विद्यार्थी मात्र उत्पादन गरेर नहुने तर्क गरे। 

संस्कृतिविद् निर्मला पोखरेलले विश्वविद्यालय बलियो बनाउने पाठ्यक्रम भएकाले त्यसमा सबैले सबै पक्ष विचार गरेर अघि बढ्नु उचित हुने सुझाव दिइन्। कोषका निमित्त सदस्यसचिव राजु खत्री मुलुककै गर्व र प्रतिष्ठाको विषय भएको हो। कोषले गोठाटारको जग्गा गुरुयोजनामार्फत प्रदान गर्नेगरी अघि बढाइने बताए। 

कोषका कार्यकारीनिर्देशक एवं समितिका सदस्यसचिव डा. घनश्याम खतिवडाले यो विश्वविद्यालय मुलुकको सामाजिक विकासको एक नमुना विश्वविद्यालय बनाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.