‘कानुन बनाउन कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्छ’

कांग्रेस महामन्त्री थापाले भने : प्रचण्ड सरकारको काम हेर्दा १०० मा १० अंक मात्रै दिन सकिन्छ

कांग्रेस महामन्त्री थापाले भने : प्रचण्ड सरकारको काम हेर्दा १०० मा १० अंक मात्रै दिन सकिन्छ
सुन्नुहोस्

‘निर्वाचन सम्बन्धी कानुनमा अबका निर्वाचनहरुमा राष्ट्रिय दलहरुले गठबन्धन गर्न नपाउने गरी कानुन ल्याउनुपर्छ,’ थापाले भने,‘उक्त कानुन बनाउँदा कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्छ ।’

बागलुङ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनहरुमा राष्ट्रिय दलले गठबन्धन गर्न नपाउने कानुन ल्याउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस प्रदेश सभा ‘क’ क्षेत्रीय कार्य समिति पर्वतको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले अबका निर्वाचनमा राष्ट्रिय दलले गठबन्धन गर्न नपाइने कानुन  ल्याउनुपर्ने बताएका हुन्। 

‘निर्वाचन सम्बन्धी कानुनमा अबका निर्वाचनहरुमा राष्ट्रिय दलहरुले गठबन्धन गर्न नपाउने गरी कानुन ल्याउनुपर्छ,’ थापाले भने,‘उक्त कानुन बनाउँदा कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्छ।’ महामन्त्री थापाले निर्वाचनमा गरिने गठबन्धनले देशलाई र पार्टीलाई फाइदा नपुग्ने बताए।

महामन्त्री थापाले पछिल्लो समय अर्बौ रकम भ्रष्टचार हुने गरेका  काण्डहरु सार्वजनिक भएका कारण जनतामा चरम निराशा छाएको बताए। उनले नागरिकहरु उपचार गर्न नपाएर मर्न बाध्य भइरहेको र यस्तो अवस्थामा प्रत्येक हप्ता केही न केही नयाँ आर्थिक काण्डहरु सार्वजनिक भइरहेको भन्दै जनतामा चरम निराशा छाएको दाबी गरे। 

२०४८ सालदेखिका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानवीन गर्नुपर्ने महामन्त्री थापाको भनाई छ। ‘२०४८ सालदेखि उच्च पदस्थमा रहेका व्यक्तिहरुको सम्पत्ति छानवीन गर्नुपर्छ,’ थापाले भने,‘गैरश्रोतबाट आम्दानी भएको रकम असुल गरेर स्वास्थ्य बीमामार्फत जनतालाई निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्छ।’

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कांग्रेसका महामन्त्री थापाले १ सय पूर्णाङ्कमा १० अंक मात्र दिन सक्ने बताए। ‘सरकारले राम्रोसँग काम गर्न सकिरहेको छैन,’ उनले भने,‘सरकारको कामलाई १ सय पूर्णाङ्कमा १० अंकभन्दा धेरै दिन मिल्दैन।’

सरकारले यही गतिमा काम गरेमा अर्को वर्ष ८ अंक मात्र दिनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले ८० अंक ल्याउने गरेर काम गर्नुपर्ने सुझाव दिए। उनले जनताहरुमा  पछिल्लो समय देशमा केही गर्न नसक्ने जस्ता निराशाको कारण विदेश पलाएन भइरहेको बताउँदै त्यसलाई सरकारले नै सम्बोधन गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.