एकैदिन भारतका ७८ सांसद निलम्बित

एकैदिन भारतका ७८ सांसद निलम्बित
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको लोकसभा र राज्यसभा गरी ७८ जना सांसद निलम्बित भएका छन्। हिउँदे अधिवेशनअन्तर्गत ११औं दिनको बैठकमा उनीहरू निलम्बित गरिएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।

भारतीय संसदमा भएको सुरक्षा कमजोरी प्रकरणमा लगातार संसद अवरोध हुँदै आएको छ। केही दिनअघि संसदभित्रै 'कलर स्मोग' प्रदर्शन गरिएको थियो। संसदभित्रै विरोध प्रदर्शन गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सोही विषयमा भइरहेको बहसका क्रममा लोकसभा स्पिकर (सभामुख) ओम बिडलाले ३३ जना विपक्षी सांसदलाई निलम्बन गरेका थिए। जसमा अधीर रञ्जन चौधरीसहित कांग्रेसका ११ सांसद छन्। त्यस्तै, तृणमूल कांग्रेसका ९, डीएमकेका ९ र ४ जना अन्य दलका छन्।

त्यस्तै राज्यसभाका सभापति जगदीप धनखडले विपक्षी दलका ४५ जना सांसदलाई निलम्बन गरेका थिए। यसअघि पनि लोकसभाका १४ जना सांसदलाई निलम्बन गरिएको थियो। यससँगै निलम्बित हुने सांसदको संख्या ९२ पुगेको छ। 

सभामुख बिडलाले संसदमा भएको घटनालाई राजनीतिक बनाउनु दुर्भाग्य रहेको बताएका थिए। विरोधकाबीच १२ बजेसम्म स्थगित भएको संसद बैठक पुनः २ बजे बोलाइएको थियो। त्यसपछि पनि सुरू हुन नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। 

यसैबीच कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सांसदलाई निलम्बन गर्नु लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको आरोप लगाए। उनले गृहमन्त्री अमित शाहसँग संसदमा भएको घटनाबारे जवाफ मागेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.