भैसेपाटीको निर्माणाधीन मन्त्री क्वार्टर परिसरमा आगलागी

भैसेपाटीको निर्माणाधीन मन्त्री क्वार्टर परिसरमा आगलागी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : ललितपुरको भैंसेपाटीमा रहेको निर्माणाधीन मन्त्री क्वार्टर परिसरमा आगलागी भएको छ। आज बिहान ११ बजे क्वाटर निर्माणमा खटिएका कामदार बस्ने छाप्रोमा आगो लागेको हो।

बिहान खाना बनाउने क्रममा  क्वार्टरभित्र रहेको कामदार बस्ने छाप्रोमा आगो लागेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले बताए।

आगोलागीबाट मानवीय क्षति नभएको उनले बताए। आज बिहान ११ बजे लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ। सामान्य क्षति मात्र भएको प्रवक्ता कार्कीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.