चीनको कोइला खानीमा दुर्घटना, १२ जनाको मृत्यु १३ घाइते
![चीनको कोइला खानीमा दुर्घटना, १२ जनाको मृत्यु १३ घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Coal-mine-explosion_p7mWhHRRy5_Mcwwi5BYfw.jpg)
उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ।
स्थानीय समय अनुसार घटना दिउँसोको ३:५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ।
दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएका तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ।
आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो। गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो।
यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो। रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)