नेवारी कला संस्कृति जोगाउन तानसेनमा योमरी महोत्सव

नेवारी कला संस्कृति जोगाउन तानसेनमा योमरी महोत्सव

पाल्पा : नेवारी कला संस्कृति जोगाउन तानसेको टक्सारमा योमरी महोत्सव गरिएको छ। पछिल्लो समय स्थानीय परिकार, भेषभुषा कला संस्कृति परम्परा संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवा पुस्तामा जानकारी गराउनका लागि महोत्सव गरिएको हो। 

तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले टक्सार नेवारी बस्तीमा महोत्सव आयोजना गरिएको हो। नेवारी भाषामा यो भनेको मनपर्ने र मरी भनेको रोटी हो। नेवारीमा सबैभन्दा मनपर्ने रोटीका रूपमा योमरीलाई लिने गरिन्छ।

खासगरी नेवारी समुदायमा नयाँ धान भित्राएपछि घरमा भकारी वा धन्सार बनाएर राख्ने मंसिर पूर्णिमाको दिन सोही नयाँ धानको रोटी बनाएर परिवार, आफन्त, इष्टिमत्र लाई बाड्ने भगवानप्रति समर्पित गरी आफू पनि खाने परम्परा रहेको  क्लबकी अध्यक्ष मनिता शाक्यले बताइन्। 

योमरी पूर्णिमाको दिन घर घरमा नाचगान गर्दै योमरी माग्ने चलन रहे पनि अहिले घरमा वर्ष वर्षमा योमरी बनाएर खाना खुवाउने गरेको सुशीला शाक्यले बताइन्। 

नेवारी समुदायका बुढापाकाले चलन चल्ती संस्कार, विधि परम्पराहरूलाई जोगाउन खोजे पनि युवा पुस्तामा परम्परागत कला संस्कृति रहनसहन भेषभुषा हस्तान्तरण गर्न, एक पुस्ताबाट अर्को पुस्तामा सिक्न र सिकाउन महोत्सव गरिएको प्रचार संयोजक रिलरमान महर्जनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.