गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी

गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी
सुन्नुहोस्

महोतरी : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी चढ्ने गाडीमा आगजनी भएको छ । गएराति गौशाला नगरपालिका–१ रामनगरस्थित उपमेयरकै निजी निवास अगाडी पार्किङ गरिएको प्रदेश २–०२–००१झ ०००५ नम्बरको स्कारपियोमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

‘गाडीमा कसले र किन आगो लगाइएको भन्ने विषयमा केही खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाइएको छ । घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक यादवले भने, ‘अगाडी र पछाडीको टायरसहित आंशिक भागमा क्षति भएको छ ।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।

पार्किंग गरि राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका आंशिक भागमा क्षति पुगेको छ । गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानीय हरि महतोले बताए।

उपमेयर रेनुकुमारीले यथाशीघ्र घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न माग गरेकी छिन् । ‘सरकारी सम्पत्तीमा आगलागी भएको छ । जनताको करले खरिद भएको गाडीमा आगो लगाइएको छ । यस्ता अपराधीलाई तुरुन्त कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु,’ उपमेयरले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.