प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबलमा तुंखा र पाटीगाउँको विजयी सुरुवात

प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबलमा तुंखा र पाटीगाउँको विजयी सुरुवात

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ , तुंखामा आजदेखि प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल कप प्रतियोगिता सुरु भएको छ। 

तुंखा फुटबल क्लबको आयोजनामा तुंखा खेलमैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन आयोजक तुंखा फुटबल क्लब र पाटीगाउँ फुटबल क्लबले विजयी सुरुवात गरेका छन्। 

पहिलो खेलमा आयोजक तुंखा फुटबल क्लबले खुवाफोक फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। तुंखाको जितमा सगुन याखा र दिपन देवानले एक/एक गोल गरेका थिए। 

खुवाफोकका लागि सेसेहाङ लिम्बुले सान्त्वना गोल फर्काए। उक्त खेलको म्यान अफ द म्याच तुंखाका सगुन याखा घोषित हुँदै नगद एक हजार रुपैयाँ प्राप्त गरे। उनलाई प्रदेशसभा सदस्य निरन राई र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए। 

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा विजयी हुँदै पाटीगाउँ फुटबल क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ। पाटीगाउँले सोक्रोक्पा फुटबल क्लबलाई ९–१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो। पाटीगाउँको जितमा सागर थापा मगर र एञ्जल थापा मगरले तीन/तीन गोल गर्दै ह्याक्ट्रिक गरे। 

राज लिम्बुले दुई तथा सुशिल लिम्बुले १ गोल गर्न सफल भए। त्यस्तै सोक्रोक्पाका लागि प्रकाश लिम्बुले एक गोल गरे। उक्त खेलको म्यान अफ द म्याच एञ्जल थापा मगर घोषित हुँदै एक हजार रुपैयाँ प्राप्त गरे। प्रमुख अतिथि कोशी प्रदेश पूर्वराज्यमन्त्री तथा प्रदेश सभा सदस्य निरनकुमार राईले रेफ्रि मिलन थेगिमलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए। 

उद्घाटन कार्यक्रमको अवसरमा तुंखा खेल मैदानको लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरू टेकबहादुर याखा, भीमबहादुर याखा, जंगबहादुर याखालाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख तथा विशेष अतिथिले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए। 

प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। उपविजेता टिमले ३२ हजार ५ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटबल क्लबका सचिव उदिप देवानले बताए। 

त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि नगदसहित पुरस्कारको व्यवस्था रहेको उनको भनाइ छ। 
१२ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता सम्पन्न गर्नका लागि देश तथा विदेशमा रहेका तुंखावासीहरूले आर्थिक सहयोग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.