प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबलमा मिलनचोक, पाटीगाउँ र तुंखा विजयी

प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबलमा मिलनचोक, पाटीगाउँ र तुंखा विजयी
सुन्नुहोस्

धनकुटा : प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल कप प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा मिलनचोक, पाटीगाउँ र तुंखा फुटबल क्लब विजयी भएका छन्। 

साँगुरीगढी गाउँपालिका-५ तुंखामा सम्पन्न पहिलो खेलमा डाँडाबजार फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै पाटी गाउँ फुटबल क्लब विजयी भएको छ। 

त्यस्तै दोस्रो खेलमा लाप्चेटार फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले पराजित गर्दै मिलन चोक फुटबल क्लब विजयी भएको छ। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। 

पेनाल्टी सुटआउटमा मिलन चोक विजयी भयो। त्यस्तै आजै सम्पन्न तेस्रो खेलमा मौनावुधुक फुटबल क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै आयोजक तुंखा फुटबल क्लब विजयी भएको छ। आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। 

भोलि सेमिफाइनलका दुई खेल हुनेछन्। फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेल थाप्रोङ फुटबल क्लब र मिलन चोक फुटबल क्लब बीच हुनेछ। दोस्रो सेमिफाइनल खेल पाटीगाउँ फुटबल क्लब र तुंखा फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ। 

तुंखा फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। उपविजेता टिमले ३२ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटबल क्लबका सचिव उदिप देवानले बताए। 

त्यस्तै विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई पनि नगदसहित पुरस्कारको व्यवस्था रहेको उनको भनाइ छ। १२ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता सम्पन्न गर्नका लागि देश तथा विदेशमा रहेका तुंखावासीले आर्थिक सहयोग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.