माघको पहिलो साताभित्रै मेलम्चीको पानी काठमाडौंमा पुग्छः खानेपानी मन्त्री यादव

माघको पहिलो साताभित्रै मेलम्चीको पानी काठमाडौंमा पुग्छः खानेपानी मन्त्री यादव
सुन्नुहोस्

सिन्धुपाल्चोक : खानेपानी मन्त्री महेन्द्रराय यादवले निर्धारित समयमै मेलम्चीको पानी काठमाडौंमा पुग्ने बताएका छन्। शुक्रबार आयोजनाको मुहान स्थल अम्बाथानमा अवलोकनका लागि आएका मन्त्री यादवले माघको पहिलो साता नै पानी काठमाडौं पुग्ने दावी गरे। मन्त्री यादवले द्रुत गतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौंमा पुग्ने कुरामा ढुक्क हुन उपत्यकावासीमा आग्रह गरे। 

आयोजनाका स्थानीय भेण्डरहरु, सप्लायर्स लगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्र गतिमा काम भइरहेकाले बताउँदै उनले तोकिएकै मितिमा पानी झार्न सकिने बताए। ‘मैले पटक पटक मेलम्ची खानेपानी आयोजनाको अध्ययन र अनुगमन गरिरहेको छु’, मन्त्री यादवले भने, ‘पछिल्लो अवस्था हेर्दा काम द्रुत गतिमा भईरहेको देखिन्छ। हामीले माघको पहिलो साता नै काठमाडौंमा पानी लैजाने गरी काम गर्न चिनिया ठेकेदार कम्पनीलाई भनेका छौं।’ 

पानी पठान्तरणका लागि अन्तिम तयारी भइरहेको भन्दै राजधानीबासीलाई पानी उपभोग गर्न पाउनेमा ढुक्क रहन उनले आग्रह गरे। अम्बाथान स्थित ९ नम्बर, २१ नम्बर र १७ नम्बरको गेट सफा गर्ने काम भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। 

उनले यहि गतिमा काम भइरहने हो भने लक्ष्य अनुसार पानी पठाउन सकिने बताए। दैनिक १६ घण्टा ३० देखि ३५ जना कामदारले काम गरिरहेको बताउँदै कुँवरले सरकारको लक्ष्य अनुसार पानी पठाउने गरि काम भइरहेको बताए। ‘कुनै अवरोध नहुने र ठेकेदारले यही गतिमा काम गर्ने हो भने समयमै पानी काठमाडौं जाने विश्वास व्यक्त गर्न सकिन्छ’, कुँवरले भने, ‘त्यसका लागि सबै क्षेत्रले आयोजनालाई सघाउनुपर्ने हुन्छ।’ माघको पहिलो साताबाटै दैनिक १७ करोड लिटरका दरले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने सरकारको तयारी छ।

अवलोकनमा मन्त्री यादवसँगै प्रदेश सभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य विष्णुमणि आचार्य लगायतको समूह अम्बाथान पुगेको हो। 

आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाए पनि पुस लाग्दासमेत वितरण गर्न नसकेपछि काठमाडौंमा विरोध भइरहेको छ। सरकारी निकायको ढिलासुस्तीका कारण ६ महिनामा पनि पानी वितरण नभएपछि उपत्यका वासीले असन्तुष्टि जनाउँदै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.