प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल: आयोजक तुंखा एफसी र थाप्रोङ एफसी फाइनलमा

प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल: आयोजक तुंखा एफसी र थाप्रोङ एफसी फाइनलमा
सुन्नुहोस्

धनकुटा : प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल कप प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा आयोजक तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन्। 

साँगुरीगढी गाउँपालिका-५ तुंखामा जारी सम्पन्न पहिलो सेमिफाइनल खेलमा मिलन चोक फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै थाप्रोङ फुटबल क्लब फाइनल प्रवेश गरेको हो।

थाप्रोङको जितमा  आशिष चेम्जोङ, विश्व चेम्जोङ, धिमन चेम्जोङ, विरेन चेम्जोङ, नगेन्द्र वि.क र अनन्तदीप राईले गोल गरेका थिए। वुद्ध चेम्जोङको प्रहार गोलकिपर मिलन चोकका सुपर राईले रोकेका थिए।

त्यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाटीगाउँ फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक तुंखा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। तुंखाको जितमा रुपेश याखा र विपिन लिम्बूले एक/एक गोल गरेका थिए। पाटीगाउँका लागि सुवास मगरले एक मात्र सान्त्वना गोल गरे।

फाइनल खेल शनिबार हुनेछ। उपाधिका लागि आयोजक तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब बीच खेल हुनेछ। तुंखा फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। उपविजेता टिमले ३२ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटबल क्लबका सचिव उदिप देवानले बताए।

त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि नगदसहित पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ। १२ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगिता सम्पन्न गर्नका लागि देश तथा विदेशमा रहेका तुंखावासीहरूले आर्थिक सहयोग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.