कांग्रेसले चाहे प्रधानमन्त्रीलाई सरकारबाट हटाउन सक्छ : गगन थापा

कांग्रेसले चाहे प्रधानमन्त्रीलाई सरकारबाट हटाउन सक्छ : गगन थापा
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने कुरामा कांग्रेसले योग्यता राख्न नसकेको बताएका छन्।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर-२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले ठूलो पार्टी कांग्रस रहे पनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारमा पुर्‍याएको कांग्रेसले चाहे सरकारबाट हटाउन सक्ने हैसियत पार्टीमा रहेको बताए। कांग्रेस संसदको ठूलो पार्टी भए पनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए।

महामन्त्री थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरूले ज्यान गुमाउन परेको बताए। उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्ने बताए। पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्ने उनको जोड थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.