झापाको कुखुरा फर्ममा फेरि आगलागी

झापाको कुखुरा फर्ममा फेरि आगलागी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापा गाउँपालिकाको कुखुरा फर्ममा फेरि आगलागी भएको छ ।  झापा– ३  स्थित फूलबारी टोलमा सञ्चालित कुखुरा फर्ममा आइतबार बेलुका साढे ७ बजे आगलागी हुँदा अन्दाजी १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 स्थानीय मानबहादुर खड्काले सञ्चालन गरेको टु ब्रोदर्श पोल्टी फर्म  आगलागी भएको हो । आगलागीबाट सिमेन्टको पिलर, खरको छानो, तारजाली तथा प्लास्टिकको बेरा भएको कुखुरा फर्म र फर्ममा रहेका एक हजार बोइलर कुखुरा, २२ बोरा कुखुराको दाना र अन्य  सरसामानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी भएको १५ मिनेटमै सबै जलेर नष्ट भएको थियो।

बिमा समेत नभएको फर्ममा आगलागी हुँदा कृषक पीडामा छन् ।  विद्युत् सर्ट भएर आगो नलागेको र यसमा कसैको हात हुने फर्मका सञ्चालिका इन्दिरा खड्काले दाबी गरिन् । गत पुस ८ गते झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । 

झापा–६ स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईले संयुक्त लगानी सञ्चालित राइजिङ कृषि फर्ममा आगलागी हुँदा तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.