प्रहरीले दिने सेवा प्रविधिमैत्री हुनुपर्छ : प्रहरी महानिरीक्षक कुवँर

प्रहरीले दिने सेवा प्रविधिमैत्री हुनुपर्छ : प्रहरी महानिरीक्षक कुवँर
सुन्नुहोस्

तानसेन : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरले प्रहरीले दिने सेवा प्रविधिमैत्री हुनुपर्ने बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय पाल्पाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी सेवालाई वैज्ञानिक र प्रविधिमा आधारित हुनुपर्ने बताएका हुन्। उनले प्रहरीलाई मजबुत र सक्षम बनाउनका लागि संगठन लागिपरेको बताए। 

उनले प्रविधिको माध्यमबाट जनताको सुरक्षामा २४ सै घण्टा खटिने गरी संगठन सबै क्षेत्रमा पहुँच पुर्‍याउने अभियानमा लागेको उनको भनाइ छ। नवनिर्मित भवनको दुई चरणमा ठेक्का आह्वान गरी ६ करोड ९५ लाख ५५ हजार ४ सय ३९ रुपैयाँको लागतमा निर्माण गरिएको प्रहरी उपरीक्षक हेरम्व शर्माले बताए। २०७६ चैत ६ गते भवन निर्माण सुरु गरिएको थियो। 

प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर, हिरासत भवन र शौचालयको निर्माण गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.