सरकार भ्रष्टाचारमा लिप्त छ : रघुवीर महासेठ
ढल्केवर : नेकपा एमालेका सचिव रघुवीर महासेठले अहिलेका सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन्। सोमबार धनुषाको ढल्केवरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले यो सरकार जनताको नजरमा पुर्णरुपमा असफल सावित भइसकेको ठोकुवा गरे।
धनुषा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य समेत रहेका महासेठले कांग्रेसभित्र समस्या र कुरितिको चाङ्ग रहेको पनि टिप्पणी गरे। कांग्रेसबाट जनतालाई केही आश छैन,’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्था र विकासको नेतृत्व पनि एमाले बाहेक अरु पार्टीले गर्नै सक्दैन।’ एमाले नेतृत्वको सरकारले गरेको विकासका काम देखेर पार्टीप्रति जनताको विश्वास बढ्दै गएको महासेठले दाबी गरे।
नेकपा एमाले नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र एकीकृत समाजवादी पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन्।
प्रतिक्रिया दिनुहोस !