सञ्चार मन्त्रालयले स्पष्टीकरण लिएलगत्तै दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

सञ्चार मन्त्रालयले स्पष्टीकरण लिएलगत्तै दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
पुरुषोत्तम खनाल

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमितामा संलग्न भएको आरोप लागेपश्चात उनले आज राजीनामा दिएका हुन्। 

खनालको कार्यशैलीलाई लिएर पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा असन्तुष्ट थिइन्। उनीमाथि अनियमितताको आरोप लागेपछि मन्त्री शर्माले केही समय अगाडि स्पष्टीकरण सोधेकी थिइन्। मन्त्री शर्माले मन्त्रिपरिषद्को बैठकमा बर्खास्त गर्ने तयारी गरेपछि खनालले राजीनामा दिएका हुन्। 

खनाललाई प्रधानमन्त्री कार्यालयले सोमबार छलफलमा बोलाएको थियो। छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवले समेत उनको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा प्रभावकारी काम गर्न नसकेको, लिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद, स्मार्ट सेलको खारेजी र एनसेलको सेयर खरिद बिक्री प्रकरण , इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएपछि सरकार असन्तुष्ट बनेको थियो।

सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाको छानबीन गर्न निर्देशन दिइसकेको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) अध्ययन प्रस्तावका लागि नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको निष्कर्ष निकाल्दै हाललाई सम्पूर्ण प्रक्रिया याथस्थितिमा राख्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।  

समितिले सो प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ। सो प्रकरणमा अनुसन्धान गर्दा हरेक महिनाको प्रगति विवरण समितिमा उपलब्ध गराउन पनि अख्तियारलाई आग्रह गरिएको छ।

खनाल २०७६ सालको साउनमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.