नेपाल दूरसञ्‍चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

नेपाल दूरसञ्‍चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

काठमाडौं : सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका  प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राधिकरणका अध्यक्षको राजीनामा स्वीकृत गर्ने निर्णय भएको जानकारी दिइन्।

उनले प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठन गर्ने  र तत्कालका लागि प्राधिकरण सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको बताइन्।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमिततामा संलग्न भएको आरोप लागेपछि प्राधिकरणका अध्यक्षले आज पदबाट राजीनामा दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.