मैले मेरो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री

मैले मेरो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सरकारले खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको बताएका छन्। शुक्रबार नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’ को उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मान गर्दै  आएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको मन्त्रिपरिषद बैठकबाट खेल क्षेत्रको विकासका लागि विभिन्न स्थानमा रंगशाला बनाएको दावी गरेका  छन्। उनले भने,' मेरै पहलमा नेपाल सरकारको गत कार्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको छ । अब ती रंगशालाहरूको निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्नेछ । नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो हो । '

खेलकूद क्षेत्रको महत्व बहुआयामिक रहेको भन्दै अब खेल क्षेत्र शारीरिक र मानसिक स्वास्थ्यमा मात्रै सीमित नरहने जिकिर गरे । 'हाम्रोजस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्व रहन्छ ।

विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्दछन् । यस अर्थमा खेल क्षेत्रको विकासलाई केवल युवाहरूको मुद्दा होइन, राष्ट्रको बहुआयमिक र बहृत्तर हितको मुद्दाका रूपमा हेर्नु र बुझ्नुपर्दछ,'उनले भने।

प्रधानमन्त्री दाहालले देशभरिका खेलाडीहरूलाई समेटेर अन्तर्राष्ट्रिय गतिविधि गर्नेमध्ये वादोरियो संघ देखिएको बताए। उनले नेपाल अपार सम्भावनाले भरिपूर्ण देश भन्दै  देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनाहरू रहेको औंल्याए। 

पछिल्लो दशक खेल क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको बताए। प्रधानमन्त्री दाहालले भने,'पछिल्लो दशक खेल क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले पनि मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.