उपल्लो मुस्ताङमा पर्यटकबाट १० करोड बढी राजस्व संकलन

उपल्लो मुस्ताङमा पर्यटकबाट १० करोड बढी राजस्व संकलन
सुन्नुहोस्

जोमसोम : उपल्लो मुस्ताङमा भ्रमण गर्ने विदेशी पर्यटकबाट १० करोडभन्दा बढी राजस्व संकलन भएको छ। सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म उपल्लो मुस्ताङ आएका १ हजार ५४७ जना विदेशी पर्यटकबाट १० करोड २१ लाख २ हजार राजश्व संकलन भएको हो। 

सरकारको चर्को पर्यटन रोयल्टी शुल्कका कारण उपल्लो मुस्ताङमा विशेष र भीआईपी पर्यटकबाहेक सामान्य स्तरका विदेशी पर्यटक यहाँ आउन सक्दैनन्। 

सन् २०२३ को जनवरीदेखि जुलाईसम्म उपल्लो मुस्ताङमा एकजना पनि विदेशी पर्यटक नआएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । 

चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङ  निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ। चीनसँग सीमाना जोडिएका उपल्लो मुस्ताङलाई सुरक्षा दृष्टिकोणले संवेदनशील क्षेत्रका रुपमा लिँदै आइरहेको छ।   

चीनमा सांस्कृतिक बिद्रोह हुँदा मुस्ताङको कोरलानाका हुँदै खम्बाहरूले चीन विरोधी गतिविधि गरेपछि उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको थियो।

सन् २००० मा तिब्तीयन भिक्षु कर्मापा लामा उपल्लो मुस्ताङको कोरलानाका हुँदै भारत छिरेपछि चीनले कोरलानाकामा तारबार लगाएको थियो। खम्पा बिद्रोहपछि उनीहरू मुस्ताङमा बसेर चीन बिरोधी गर्ने गरेका थिए। 

सरकारले दुई देशबीचको सुरक्षा नखल्बलियो भन्ने उद्देश्यले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरिएको थियो। यसैका कारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत  अध्यागमन विभागबाट सो क्षेत्रमा जान पदयात्रा अनुमति लिनुपर्छ।

सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्दा एक्यापले परमिट शुल्कवापत १२ करोड ७८ लाख ८० हजार रुपैया संकलन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.