आपतकालीन स्वास्थ्य शिविरबाट एक हजार बढी भूकम्पपीडित बिरामीको उपचार

आपतकालीन स्वास्थ्य शिविरबाट एक हजार बढी भूकम्पपीडित बिरामीको उपचार
सुन्नुहोस्

जाजरकोट : भूकम्प प्रभावित जाजरकोटको कुशे गाउँपालिकाका तीन स्थानमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार बढी बिरामीले उपचार सेवा पाएका छन्। 

नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत क्यानेडियन रेडक्रसको सहयोगमा कुसे गाउँपालिका-३ को टापूचौर, वडा नम्बर ६ को घरंगा र वडा नम्बर ९ को पैंकमा सञ्चालित आपतकालीन क्लीनीकमा एक हजार ४७ जना बिरामीको उपचार गरिएको हो।  

कुशे गाउँपालिका-९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको केही दिन अघि चिसोका कारण ज्यान गएको समाचार अन्नपूर्ण पोस्ट दैनिक र अन्नपूर्णपोस्ट अनलाइनमा प्रकाशित भएपछि गत आइतबारदेखि एक हप्ते आपतकालीन स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। यहाँका बासिन्दालाई सामान्य उपचारका लागि पनि हजारौ रुपैयाँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। 

आपतकालीन स्वास्थ्य शिविरबाट घरदैलोमै सेवा पायौ हामी एकदमै खुशी छौ स्थानीय गौरी बुढाले भनिन्, ‘भूकम्पपछि त्रिपालको बसाईले बिरामी थिएँ। डाक्टरले राम्रोसँग चेकजाँच पनि गर्नुभयो। औषधि पनि दिनुभयो। उपचारका लागि बाहिर जानुपरेन।’

भौगोलिक विकटताका कारण घण्टौं पैदल हिँडेर उपचारका लागि बिरामीहरू शिविर आएका थिए। शिविरमा रुघाखोकी, टाइफाइड, निमोनिया, दम, पखाला, पाठेघर खस्ने समस्या, गर्भवती, सुत्केरी, पेटका बिरामी, मनोरोगी, छाला र आँखा लगायतका समस्या लिएर बिरामीहरू आएको र उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिइन्। 

उनका अनुसार वीर अस्पतालका डाक्टर राजन नारायण नकर्मी र डाक्टर सोभना थापा सहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो। बिरामीलाई उपचार सेवाका साथै आवश्यक परामर्श, औषधि वितरण, मनोसामाजिक परामर्श प्रदान गरिएको थियो। जटिल खालका बिरामीलाई भने सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको डा.नकर्मीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.