मुख्यमन्त्री कार्कीको ठाउँ-ठाउँमा जग्गा जमिन, कोशीका मन्त्रीहरूको कति छन् सम्पत्ति?

मुख्यमन्त्री कार्कीको ठाउँ-ठाउँमा जग्गा जमिन, कोशीका मन्त्रीहरूको कति छन् सम्पत्ति?

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

 
मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीहरू शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। मोरङको बूढीगंगा गाउँपालिका-२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको विराटनगर महानगरपालिका र बूढीगंगाका ठाउँठाउँमा जग्गा जमिन छन्। उनले घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा राखेका छन्। 

कार्कीले पत्नी शान्तदेवीको नाममा बूढीगंगामा १ कट्ठा साढे १२ धुर जग्गा र त्यही जग्गामा घर रहेको विवरण सार्वजनिक गरेका छन्। कार्कीले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन्।
 
त्योबाहेक बूढीगंगामा मात्रै ४ कट्ठा जग्गा छ। बूढीगंगा-२ ‘क’मा पौने ९ धुर, बूढीगंगा-२ ‘क’मै सवा ११ धुर र बूढीगंगा-८ ‘ख’मा ३ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा खुलाइएको छ। मुख्यमन्त्री कार्कीले बूढीगंगाको जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट जोडेको उल्लेख गरेका छन्। उनले पौने ९ धुर र सवा ११ धुर जग्गाको ३-३ लाख तथा ३ कट्ठाको १२ लाख रूपैयाँ भनेर खरिद मूल्य खुलाएका छन्।

कित्ता नखुलाइएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा १ करोड २१ लाख ६१ हजार ८ सय ७५ रूपैयाँमा खरिद गरिएको कार्कीको सम्पत्ति विवरणमा उल्लेख छ। सबै जग्गाको खरिद मूल्य १ करोड ५६ लाख ९९ हजार बराबर हुन्छ। 


 
उनकी पत्नीको नाममा विराटनगरभित्र मात्रै विभिन्न ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ। सबै जग्गा विराटनगर-७ मा पर्छ। विराटनगरभित्र कित्ता नम्बर ४० को २ सय ५० बर्गमिटर, कित्ता नम्बर ३० को ८ सय ८६ दशमलव २५ र कित्ता नम्बर २४ को ४ सय २६ दशमलव २५ बर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ।
 
विराटनगरको सबै जग्गा विभिन्न ठाउँको जमिन बिक्रीबाट खरिद गरेको कार्कीले खुलाएका छन्। उनले कित्ता नम्बर ४० को २ लाख ५० हजार, ३० को १० लाख ६२ हजार ५ सय र कित्ता नम्बर २४ को ४ लाख २६ हजार २ सय ५० रूपैयाँ खरिद मूल्य रहेको खुलाएका छन्। त्यस्तै, कित्ता नखुलाइएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा १ करोड २१ लाख ६१ हजार ८ सय ७५ रूपैयाँमा खरिद गरिएको कार्कीको सम्पत्ति विवरणमा उल्लेख छ। सबै जग्गाको खरिद मूल्य १ करोड ५६ लाख ९९ हजार बराबर हुन्छ। 

कार्कीको परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी रहेको उल्लेख छ। मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको देखिन्छ। उनको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रूपैयाँ ९० पैसा, उनकी श्रीमती शान्तादेवीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५ सय ७८ रूपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० तथा छोराहरु साकेतबाबुको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५ सय ८४ र शाब्दिकबाबुको नाममा ३ लाख ३९ हजार ८ सय ३६ रूपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सबै नगद तलब, भत्ता, बचत र ब्याजबाट प्राप्त भएको खुलाइएको छ।
 
विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरुको नाममा १ लाख ८७ हजार बराबरको रहेको छ। कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४ सय ५६ बराबरको २ हजार २ सय ७२ कित्ता शेयर छ। १ करोड ८ लाख २ हजार ऋणमध्ये कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन्। सवारीसाधनमा श्रीमती शान्तादेवीको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्रै खुलाइएको छ।

जबेगुले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा १ वटा दुहुना गाई, १ हल गोरु र १ वटा खसी १ रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।


 
त्यस्तै, सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले इलामको रोङ गाउँपालिका-४ र ६ को ५ ठाउँमा जग्गा रहेको खुलाएका छन्। १० तोला सुन र बैंक मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको राईले उल्लेख गरेका छन्। उनको यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फर्म २०७० सालमा दर्ता गरी सञ्चालनमा छ।
 
यसैबीच, भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले पाँचथरको फालेलुङ-१, फालुलुङ-२ र झापाको मेचीनगर नगरपालिका-५ मा ६ कित्ता जग्गा रहेको खुलाएका छन्। सुनचाँदीमा ११ तोला सुन र १५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन्। उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन्। जबेगुले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा १ वटा दुहुना गाई, १ हल गोरु र १ वटा खसी १ रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
  
त्यस्तै, वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन्। उनको परिवारसँग १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ। 
 
उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४ सय ५० कित्ता शेयर रहेको सम्पत्ति विवरणमा खुलाइएको छ। उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन्। उनको एउटा होण्डा मोटरसाइकल र सुजुकी ब्राण्डको स्कुटर रहेको विवरणमा उल्लेख गरेका छन्। उनले सामूहिकरूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको खुलाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.