विपदको पूर्व तयारी अभ्यास

विपदको पूर्व तयारी अभ्यास
सुन्नुहोस्

नुवाकोट : भूकम्पलगायतका प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको कृत्रिम अभ्यास नुवाकोटको तुप्चेमा गरिएको छ। विदुर नगरपालिका–७ तुप्चेमा रहेको चण्डेश्वरी माद्यामिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको हो। 

‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने नारासहित २६औं भूकम्प सुरक्षा दिवसका अवसरमा सो विद्यालयमा आयोजित कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप कृत्रिम घटना अभ्यास गरिएको आयोजक नेपाल रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले बताए।

कृत्रिम अभ्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय विपद् व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक लगायत स्थानीयको सहभागिता रहेको थियो। रेडक्रसबाट सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्तरगत सो अभ्यास गरिएको हो। 

विपद्को समयमा प्रभावकारी रुपमा उद्धार कार्यमा सजिलोका लागि कृत्रिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो।  विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तिले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन्।

प्रकोप जुनसुकै समयमा पनि आउने भएकाले प्रकोपका घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्थामा पुग्ने नुवाकोट रेडक्रसका सचिव उद्धव शर्मा रिजालले बताए। नेपालमा विभिन्न प्रकोपहरु जस्तै  बाढी पहिरो, आगलागी, चट्याङ, हावाहुरीले वर्षेनी धनजनको क्षति हुने गरेको छ। 

विपद प्रतिकार्यको लागि समुदायलाई सचेत गर्न सके मात्र न्यून क्षति हुने सम्भावना भएको रेडक्रस नुवाकोटले जनाएको छ। भूकम्प आएपछि अपनाउनु पर्ने उपाय, खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पुर्‍याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धी काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको थियो। 

उक्त अभ्यासमा तालिम प्राप्त स्वंयसेवकहरुले भूकम्प र आगलागीको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनु पर्ने तत्कालीन उपायबारे अभ्यासमार्फत स्थानीयलाई जानकारी गराएका थिए। कृत्रिम अभ्यासमा घटनापछि राहत सामग्री वितरण, क्षति विवरण संकलन गरिएको थियो।

जोखिममा रहेको स्थानका समुदायलाई जागरुक गराउन तत्काल उद्धार तथा राहतका लागि र प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरुप थालिएको कृत्रिम अभ्यासले सर्वसाधारणलाई क्रियाशील बनाएको छ। पहाडी संरचना रहेको नुवाकोटमा गत २०७२ साल वैशाख १२ गतेको विनासकारी भुकम्पले एकहजारभन्दा बढीको ज्यान जानुका साथै पाँचहजार जना घाइते भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.