चिसो बढेपछि तिलोत्तमाका विद्यालय बन्द
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्यधिक चिसो बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबारदेखि बुधबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
चिसोले बालबालिकालाई छिटो समस्या पार्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको अर्यालले बताए । नगरपालिकामा ४२ वटा सामुदायिक र ४१ वटा संस्थागत गरी कूल ८३ वटा विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये दुईवटा धार्मिक र २१ वटा आधारभूत विद्यालय छन् ।
रुपन्देहीमा पुसको १५ गतेदेखि अत्यधिक चिसो बढ्दै गइरहेको छ । यसअघि मंगलबारसम्मका लागि बुटवल उपमहानगरपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।