त्रिपालमा बस्दै आएका तीन महिने बालकको चिसोका कारण मृत्यु

त्रिपालमा बस्दै आएका तीन महिने बालकको चिसोका कारण मृत्यु

जाजरकोट : भूकम्पपछि त्रिपालमा बस्दै आएका जाजरकोटका एक बालकको चिसोका कारण ज्यान गएको छ। 

जिल्लाको नलगाड नगरपालिका-४ मानचौरका विजय रावलका तीन महिने छोरा अरुण रावलको चिसोका कारण ज्यान गएको हो। चिसोले गर्दा निमोनिया भएको र समयमा उपचार नगराउँदा उनको ज्यान गएको वडाध्यक्ष बद्री पन्तले बताए। 

सामान्य रुघाखोकी ठानेर उपचारमा बेवास्ता गर्दा ती बालकको ज्यान गएको वडाध्यक्ष पन्तले बताए। उनको मृत्युसँगै जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। 

मृत्यु हुनेमा चार बालबालिका र एक सुत्केरी समेत रहेका छन्। रुकुम पश्चिमसहित भूकम्पपछि चिसोका कारण ३९ जनाको ज्यान गइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.