खाद्यको शाखा गुल्मीमा

खाद्यको शाखा गुल्मीमा
सुन्नुहोस्

गुल्मी : जनतालाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा सुरु गरिएको छ। रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बुधबार जिल्लाको सदरमुकाम तम्घासमा उक्त कम्पनीको शाखा उद्घाटन गरेका हुन्। कम्पनीको जिल्लामा शाखा विस्तारले नागरिकले सहज र सुपथ मूल्यमा खाद्य सामग्री खरिद पाउन सहज भएको नगरप्रमुख पन्थीले बताए। जिल्लाका सबै स्थानीय तहमा बिक्री केन्द्रको आवश्यकता रहेकाले यसको विस्तार गर्नुपर्नेमा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जोड दिए। 

संघीयताको मर्मअनुसार प्रत्येक स्थानीय तहमा बिक्री केन्द्र सञ्चालन गरी नागरिकको आवश्कता अनुरूप सहज र सुलभ मूल्यमा सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष खड्काले बताए। नजिकको बिक्री केन्द्रबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्य खरिद गर्न पाउने व्यवस्था रहेको छ। सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले उपभोक्ताले उपभोग्य वस्तुमा ५ देखि ७ प्रतिशतसम्म सहुलियत पाउनेछन्। 

स्थानीय तहमा बिक्री केन्द्र सञ्चालनमा

कम्पनीले सदरमुकाम तम्घासको हाटबजारमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। त्यस्तै जिल्लाको मालिका गाउँपालिका– ४ को अर्खाबाङ, रुरुक्षेत्र गाउँपालिका– ४ को बलेटक्सार र मदाने गाउँपालिका– २ को बाँझकटेरीमा खाद्य बिक्री केन्द्र स्थापना भएर सञ्चालनमा आएका छन्।

खाद्य डिपोबाट चामलमात्रै बिक्री भइरहेको छ। दाल, नुन, तेल, चिनीलगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने कम्पनीको गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी दिइन्। गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रवद्र्धन गर्ने कार्यालयको योजना रहेको उनले सुनाइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.