कोशी पहाडका रुग्ण स्वास्थ्य चौकी भवन धमाधम हस्तान्तरण

कोशी पहाडका रुग्ण स्वास्थ्य चौकी भवन धमाधम हस्तान्तरण
सुन्नुहोस्

धनकुटा :  सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले रुग्न रहेका स्वास्थ्य चौकी भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीहरूलाई पटक पटक ताकेता गर्न थालेपछि धमाधम हस्तान्तरण हुन थालेका छन्। 

सो आयोजनाअन्तर्गत धनकुटासहित कोशी पहाडका संखुवासभा, तेह्रथुम र भोजपुर जिल्लामा दर्जनभन्दा बढी रुग्न स्वास्थ्य चौकी भवन अलपत्र रहेका थिए। तर आयोजनाले ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने गरी सार्वजनिक सूचना जारी गर्दै कडाइ गरेपछि निर्माण व्यवसायीहरू धमाधम सम्पर्कमा आएर काम गर्न थालेको आयोजना प्रमुख सुमन मिश्रले बताए।

पटक पटक म्याद थप गरे पनि निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्दा स्वास्थ्य चौकी भवन अलपत्र परेका थिए। कतिपय स्वास्थ्य चौकी भवनको काम ८० देखि ९० प्रतिशतसम्म सम्पन्न भएका थिए। बाँकी केही काम नसक्दा अलपत्र परेका थिए। 

आयोजना प्रमुख मिश्रका अनुसार निर्माण सुरु भएको १० वर्ष बित्दा समेत भवन निर्माण सम्पन्न भएका थिएनन्। पछिल्लो दुई महिनायता धनकुटाको ९ स्वास्थ्य चौकी भवनमध्ये २ वटा स्वास्थ्य चौकी हस्तान्तरण भइसकेका छन्। 

null

काठमाडौंको बिरुवा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो। बाँकी स्वास्थ्य चौकी भवनको काम धमाधम भइरहेको छ। माघ महिनाभित्र केही भवन निर्माण सम्पन्न भई हस्तान्तरण हुने आयोजना प्रमुख मिश्रले बताए। 

त्यस्तै कार्यालयको पटक पटक ताकेताले भोजपुरको सानो दुम्वा र पावला स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ। सुर्खेतको सूर्या/रबिन जेभीलेले २०७५ सालमा निर्माणको जिम्मा पाएको थियो। 

त्यस्तै निलगिरी निर्माण सेवा प्रालिले २०७१ सालमा निर्माणको जिम्मा पाएको तेह्रथुमको ईसिबु स्वास्थ्य चौकी भवन र २०७३ सालमा जिम्मा पाएको थोक्लुङ स्वास्थ्य चौकी भवन अलपत्र रहेको थियो। कार्यालयले कडाई गरेपछि उक्त निर्माण कम्पनी सम्पर्कमा आएर धमाधम काम गर्न थालेको छ। 

संखुवासभाको सिलिचोङ गाउँपालिकामा अलपत्र रहेको वाला आयुर्वेद औषधालयको काम पनि धमाधम हुन थालेको छ। उक्त निर्माणको काम धनकुटाको सुदिक्षा थुलुङ कन्स्ट्रक्सनले जिम्मा लिएको थियो। 

कार्यालयले रुग्ण रहेका स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको आयोजना प्रमुख मिश्रले बताए। चालु आर्थिक वर्षभित्र सबै रुग्ण योजना सम्पन्न गरी हस्तान्तरण हुने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.